नीति तथा कार्यक्रम ‘कन्फ्युजन’ को सञ्जाल : राजकिशोर यादव


८ जेष्ठ २०८०, सोमबार
Rajkishor yadav samsad

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम आफैंमा ‘कन्फ्युजन’ को सञ्जाल भएको टिप्पणी गरेका छन् । आज (सोमबार) नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै यादवले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको बताए

‘आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ’ यादवले भने, ‘पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’
अहिलेको विश्व अर्थ राजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने यादवले बताए । ‘हामी ठूलो कुरा गर्छौं । दातृ निकायको स्रोत नलिएर अघि बढ्न सक्ने अवस्था छैन’ यादवले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७