राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिंदै


९ जेष्ठ २०८०, मंगलवार
Prachanda rastriyasabha

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज (मंगलबार) संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७