प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची


१३ जेष्ठ २०८०, शनिबार
Samsad jeth 10 scaled
फाइल फोटो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (शनिबार) बस्दैछ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको शुरुमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७