सीके राउत दिल्लीमा, भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता


१३ जेष्ठ २०८०, शनिबार
ck

काठमाडौँ । जनमत पार्टीका पार्टीका अध्यक्ष डा. सीके राउत दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत दिल्ली पुगेका हुन् ।

उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेलाई भेटेका छन् । भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७