भारी वर्षापछिको बाढीले मध्य–जापानमा तीनको मृत्यु, ९९० घरमा क्षति


२३ जेष्ठ २०८०, मंगलवार
japan flood XirQMnNqAN

काठमाडौँ । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ ।

करिब ९९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । पुनर्स्थापना कार्य अझै जारी छ । यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ । उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

त्यसैगरी बाढीमा परेका घरको संख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ । स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७