छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेन शाहको चेतावनी


२३ जेष्ठ २०८०, मंगलवार
Balendra Shah

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयलाई अनुमति खारेज गर्ने चेतावनी दिएका छन् । महानगरले छात्रवृति वितरण नगर्ने २४२ विद्यालयको सूची सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो ।

उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो ।
ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ । त्यसो नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिइएको छ ।
हेर्नुस् सूचना

list

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७