प्रधानमन्त्रीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै


२४ जेष्ठ २०८०, बुधबार
Prachanda 6 scaled

काठमाडौं । राष्ट्रिय सभाको आज (बुधबार) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन् । भारत भ्रमणका क्रममा भएका गतिविधि र समसामयिक विषयवस्तुबारे संसदलाई जानकारी गराउन प्रचण्डले आज संसदमा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्ष दलले प्रतिनिधि सभा संसद अवरुद्ध गरेपछि सोमबार संसदलाई सम्बोधन गरेका थिए । राष्ट्रिय सभाको कार्यसूचीमा पनि आज सार्वजनिक महत्त्वको विषयवस्तुबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री प्रचण्डले वक्तव्य दिने उल्लेख छ ।

आज बिहान बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए । प्रतिनिधि सभामा मंगलबारबाट बजेटमाथि छलफल जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७