वकिलको दाबी : केशव दुलाल आफै ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत


२४ जेष्ठ २०८०, बुधबार
Keshab Prasad Dulal

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीतर्फको बयान चलिरहेको छ । आज प्रतिवादी केशव दुलालका कानून व्यवसायीले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा दुलालका कानून व्यवसायीले दुलालले ठगी नगरेको र उनी आफै ठगीएको तर्क गरेका छन् ।

दुलालकातर्फबाट बहस गरेका अधिवक्ता विकास भट्टराईले दुलाल आफै पीडित रहेका दाबी गरेका हुन् । ‘केशव दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ लिएको भनेको अवस्था छ, उहाँ आफै ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत हो,’ अधिवक्ता भट्टराईले भने । अधिवक्ता विकास थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारीले दुलाल पीडक नभई पीडित भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७