सुदूरपश्चिममा आमहडताल : आठ जना बन्दकर्ता पक्राउ


२८ जेष्ठ २०८०, आईतवार
geta birodh

धनगढी । सुदूरपश्चिम प्रदेशमा आम हडतालको सामान्य प्रभाव परेको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सङ्घर्ष समितिले हडताल गरेको हो । प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । आम हडतालका कारण लामो दूरीका गाडी चलेका ठप्प छन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।

कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् । पहाडी जिल्लामा भने आमहडतालको असर कम परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७