बजेट सच्याउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह


२९ जेष्ठ २०८०, सोमबार
prachanda madhav baluwatar
फाइल् फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू बालुवाटार पुगेर बजेट सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । एकीकृत समाजवादीले सरकारले ल्याएको बजेट असन्तुलित रहेको भन्दै असन्तुष्टि जनाएको छ ।

अध्यक्ष नेपालले यथास्थितिमा बजेट पास हुन नसक्ने चेतावनी दिएका छन् । उनले डडेल्धुरा, गोरखा र मकवानपुरमा अत्यधिक बजेट पारिएको र अन्य जिल्लामा न्यून बजेट पारिएको भन्दै सार्वजनिक रुपमै यस्तो मान्य नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७