नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहसपछि आदेश


१ असार २०८०, शुक्रबार
bhutani pakrau

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जनै अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज (शुक्रबार) जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्ततर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइने बताइएको छ ।

जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर आज नै नै अभियुक्तहरूलाई थुनामा पठाउने / नपठाउने आदेश हुने आंकलन गरिएको छ । यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुई जना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७