पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटमा दुई जनाको मृत्यु


२ असार २०८०, शनिबार
death
सांकेतिक तस्वीर

रौतहट । करेन्ट लागेर रौतहटमा दुई जनाको ज्यान गएको छ । गए राति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७