संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना


१५ असार २०८०, शुक्रबार
Ganesh timsina 1 scaled

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउन नहुने बताएका छन् । शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कहिले काहीँ रेकर्डबाट नै हटाउनु पर्नेसम्मको कडा हुन्छ । रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन,’ उनले भने । अध्यक्ष तिमिल्सिनाले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न सांसदहरुलाई आग्रह गरे।

‘आफूले संसदमा बोल्दा अग्रजहरुले यसरी बोल्नु भएको रहेछ भनेर हेर्न सकुन् । यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैलाई ग्लानी हुने गरेर नबोल्नु होला,’ उनले भने । संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७