राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रतिपक्षी दलको अडान कायमै


२१ असार २०८०, बिहीबार
samsad rastriya sabha scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार स्थगित राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ । अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बैठक निर्धारण भएको संसद् सचिवालयले जनाएको छ ।

बुधबार दिउँसो साढे २ बजे बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः पौने ५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो । तर त्यो समयमा पनि बैठक बस्न सकेन । त्यसपछिअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबारका लागि बैठक बोलाएका हुन् । भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७