‘भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसायले प्रधानमन्त्रीको राजीनामा मागियो’


२१ असार २०८०, बिहीबार
prachand bigyapti

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रधानमन्त्री दाहालको सार्वजनिक अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण गरिएको बताएको छ ।

प्रधानमन्त्री दाहालका तर्फबाट उनको सचिवालयले आज विज्ञप्ति जारी गरी एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण भइरहेको स्पष्ट पारेको हो । संसदमा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको भन्दै सचिवालयले असन्तुष्टि सोत व्यक्त गरेको छ ।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री दाहालले ‘एक पटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको’ बताएका थिए । उनको सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभामा बुधबारदेखि राजीनामा नै मागेको छ भने राष्ट्रिय सभाको आज बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ । यद्यपि, आज बिहीबार बसेको सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन निर्देश गरेको छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका हुन् ।

‘संसदमा प्रष्टीकरणको मौका समेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा उल्लेख छ ।

big

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७