स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौं : प्रधानमन्त्री


२२ असार २०८०, शुक्रबार
Prachanda 5

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने’ बताएका हुन् । सो अवसरमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोही बमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न’ अपीलसमेत गरेका छन् ।

PradeepRajOnta KTM RSS 22 066A75131 1

‘वि.सं २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको रूपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै ५०० शैंयाको अस्पतालका साथसाथै चिकित्शाशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रूपमा विकसित भएको छ । प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैमा गौरवको विषय हो । अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७