एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे


२३ असार २०८०, शनिबार
rajendra panday

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । एमालेले प्रधानमन्त्री दाहाललाई स्पस्टीकरणको मौका समेत नदिई राजीनामा मागेर फसेको उनको दावी थियो ।

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिनु नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७