कम्युनिष्ट आन्दोलनको एकता र जनवादी क्रान्तिका निम्ति पुष्पलालको नेतृत्व प्रेरणादायी : प्रधानमन्त्री


२५ असार २०८०, सोमबार
prachanda 4
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनको एकता र जनवादी क्रान्तिको विकासका निम्ति पुष्पलालको नेतृत्व प्रेरणादायी रहेको बताएका छन् । आज (सोमबार) पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्‍याउन पुष्पलालले अनुशरण गरेको सिद्धान्त, विचार स्मरणीय रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र नभएर सिंगो राजनीतिक आन्दोलनमा उनको योगदान अविस्मरणीय रहेको बताए । कम्युनिष्ट मूल्य मान्यता र राजनीतिक संस्कृतिका निर्माणका निम्ति विचार र व्यवहारमा पुष्पलालको नेतृत्व सबैलाई अनुकरणीय रहेको उनको भनाई छ ।

समाजवादी संस्कृतिको निर्माणको कार्यभारलाई केन्द्रमा राखेर श्रम संस्कृतिको विकासका निम्ति अगाडि बढ्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७