प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक परेपछि राष्ट्रियसभा बैठक स्थगित


२७ असार २०८०, बुधबार
sita dahal ze9PPr0uAA 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नीशोक परेपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसंगिनी सीताको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो । जसका कारण आज बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७