भारतले आज चन्द्रमामा विशाल रकेट प्रक्षेपण गर्दै

अभियान सफल भए चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर पुर्‍याउने पहिलो देश बन्ने


२९ असार २०८०, शुक्रबार
pic ig9KffzTAB

नयाँदिल्ली । भारतले आज (शुक्रबार) चन्द्रमामा विशाल रकेट प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ‘ल्यान्डर’ र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।

भारतको महत्वाकांक्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्‍याउने पहिलो देश बन्ने छ । किनभने अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिएको आफ्नो अभियानलाई सफल बनाउन आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । त्यस बेला भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो । भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन ।

चन्द्रयान–३ अभियानका लागि झण्डै ८ करोड डलर खर्च हुने अनुमान छ । चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७