बालुवाटारमा राष्ट्रपतिको समवेदना सन्देश : प्रचण्डलाई सीताले दिएको साथ अनुकरणीय


२९ असार २०८०, शुक्रबार
361132985 291161156793382 1404920907601684170 n1689309408

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना दिएका छन् ।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।

सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका थिए । यसअघि सीताको निधन भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७