भारतमा हाइटेन्सनको करेन्ट लागेर पाँच जना बोलबम यात्रीको गयो ज्यान


३१ असार २०८०, आईतवार
011

काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ ।
बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ ।
यस्तै, हिजो र अस्ती भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७