दक्षिण कोरियाको सुरुङ मार्गमा बाढी पस्दा कार फसे : १३ शव निकालियो


१ श्रावण २०८०, सोमबार
surung

काठमाडौँ । दक्षिण कोरियामा बाढीका कारण सुरुङमार्ग पानीले भरिँदा १३ जनाको मृत्यु भएको छ भने धेरै यात्रु फसेका छन् ।
सुरुङबाट अहिलेसम्म १३ जनाको शव उद्धारकर्मीले निकालेको बीबीसीले जनाएको छ । शनिबार राति खोला बगेपछि चेङजु नामको यो सहरको सुरुङ पानीले भरिएको हो ।

बाढीका कारण ६८३ मिटर लामो सुरुङमा धेरै सवारीसाधन फसेका छन् । तीमध्ये धेरैजसो कारमा सवार थिए । यसबाहेक सुरुङमा बस पनि फसेको छ । कूल कति मानिस फसेका छन् भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन । दक्षिण कोरियामा पछिल्लो एक साता वर्षा र बाढीका कारण ३९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७