नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य


१ श्रावण २०८०, सोमबार
acc nepal vs india

काठमाडौं । एसीसी इमर्जिङ टम्स कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६७ रन बनाउँदा अलआउट भएको थियो ।

३७ रन जोड्दा ५ विकेट गुमाएको नेपाललाई कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङले केही सम्हाले पनि प्रतिस्पर्धात्मक लक्ष्य दिन भने नेपाली खेलाडी असफल भए । श्रीलंकाको आर प्रेमदासा रंगशालामा कप्तान पौडेल बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन । नेपालका लागि कप्तान रोहितले ८५ बलमा ६५ रन बनाउँदा गुल्सन झाले ३० बलमा ३८ रन बनाएका थिए ।

त्यस्तै थप दोहोरो स्कोरका रुपमा देव खनालले १५ रन जोड्दा सोमपाल कामीले १४ रनको स्कोर बनाएका थिए । नेपालका अन्य सात ब्याटर दोहोरो रनको स्कोर बनाउन असफल रहे। भारतका लागि निशान्त सिन्धुले ४ विकेट लिंदा रजभर्धनले हङ्गरगेकरले ३ तथा हर्सित रानाले २ विकेट लिए । थप एक विकेट मानभ सुथरको नाममा रह्यो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारत भने लगातार दोस्रो जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । आफ्नो पहिलो खेलमा युएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७