सीतालाई सम्झँदै प्रचण्डले भने, ‘न बाँच्दासम्म दुःख दियौं, न मर्दा’ (तस्वीरहरु)


२ श्रावण २०८०, मंगलवार
8

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको आज (मंगलबार) सात दिन पुरा भएको छ । गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएकी उनको आज सातौँ दिनको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको उक्त सभामा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेता डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

पत्नी वियोगमा परेका प्रधानमन्त्री प्रचण्डले सभामा सम्बोधन गर्दै आफ्नो जीवन सहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरेका थिए । आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाँचुञ्जेल पनि आफूलाई कहिल्दै दुःख नदिएको र मर्दा पनि दुःख नदिई चुपचाप बिदाइ भएको बताएका छन् । उक्त सभामा सहभागीले सीताले प्रचण्डको राजनीतिक र पारिपारिक जीवनका लागि दिएको साथ र त्यागको सक्दो प्रंशसा गरेका थिए । सभामा सीताको परिवार, आफन्त र राजनीतिक जीवन समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।

1 6
2 6
3 3
4 2
5 1
6 1
7
8
9
10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७