प्रधानमन्त्री प्रचण्ड ७ गते इटाली जाने


३ श्रावण २०८०, बुधबार
Prachanda back t india 2 scaled
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन प्रचण्ड इटाली जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आज बसिरहेको मन्त्रिपरिषद वैठकले निर्णय गर्ने बताइएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्यीय टोली जाने तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७