युएईले नेपाललाई जितका लागि दिये १५८ रनको लक्ष्य


३ श्रावण २०८०, बुधबार
nepali cricket 1CYomzwZfq
फाइल फोटो

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूह चरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिष्ठाको लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७