गुटबन्दी गरेको भन्दै शिवचन्द्र कुशवाहासहित पाँच जनालाई जनमतले गर्‍यो कारबाही


४ श्रावण २०८०, बिहीबार
shiba kusaha janamat gi0beNR09A

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचन लडेका शिवचन्द्र कुशवाहासहित पाँच जना कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिबिधि तथा नेतृत्वको विरोधमा गुटबन्दी गर्दै विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । यस्तै सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने एक वर्षका लागि निलम्बनमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७