मिटर ब्याजविरुद्ध बानेश्वरमा प्रदर्शन, १६ बढी पक्राउ


४ श्रावण २०८०, बिहीबार
Miyjn7ter Byaj 1

काठमाडौं । मिटर ब्याजविरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । बिहीबार बानेश्वरमा मिटर ब्याजविरुद्ध प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Miyjn7ter Byaj 2

मिटर ब्याज विरुद्ध किसान मजदुर संघर्ष समितिले प्रदर्शन गरेको थियो । हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । उनीहरूले पीडितलाई न्याय दिनेभन्दा पनि साहुलाई संरक्षण गर्ने कानुन ल्याएको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७