सय किलो सुन तस्करी प्रकरण : थप एक पक्राउ, समातिनेको संख्या १७ पुग्यो


१० श्रावण २०८०, बुधबार
gold

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुरेन्द्र तामाङ नाम गरेका व्यक्तिलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।

उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो ।

केही दिनअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा बरामद भएको एक क्वीन्टल सुन बरामद भएको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । उक्त सुन जाँच तथा तौलका लागि राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७