आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार


१८ श्रावण २०८०, बिहीबार
HPUPIPBWGFOSRDEDW52UC7UYWY qShT0bUUs9

काठमाडौं । आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ब्ल्याक सी खाद्यान्न सम्झौतामा फर्कने बताएका हुन् । दुई नेताले ब्ल्याक सी बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य तथा मलको निर्यात सुविधाबारे भएको सम्झौताका विषयमा छलफल गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयनविना सम्झौताको विस्तार अर्थहीन रहेको बताएका थिए । सम्झौता अनुसार पश्चिमा देशले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै रूस सम्झौतामा फर्कने रूसी राष्ट्रपति पुटिनको भनाइ छ । दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाबारे पनि छलफल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७