जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, सरकारमा सहभागिता मुख्य एजेण्डा


१८ श्रावण २०८०, बिहीबार
ck raut

काठमाडौं । डा. सीके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ । बैठकमा सरकारमा सहभागी हुने कुरा मुख्य एजेण्डा रहेको छ ।

पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको जानकारी दिए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष÷नगर प्रमुख÷उपप्रमुख÷गाउँपालिका अध्यक्ष÷उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७