क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना ‘जमानी’ मा रिहा


१९ श्रावण २०८०, शुक्रबार
rukmina subba

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो । किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले जानकारी दिए ।

उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन । साउन ४ मा समातिएको सुन निकाल्नका लागि भन्सार एजेन्ट उनी थिइन् । यद्यपी भन्सार एजेन्टलाई कार्गोभित्र के सामान छ भन्ने कुरा सबै जानकारी हुँदैन । भन्सारबाट जाँच पास भएपछि मात्र भन्सार एजेन्टको भूमिका हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७