जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने


१९ श्रावण २०८०, शुक्रबार
ck raut

काठमाडौं । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सीके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ । पार्टीले आज स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७