सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न सक्दैन : एमाले सांसद श्रेष्ठ


१९ श्रावण २०८०, शुक्रबार
lilanath shrestha 6ea5afXn0K
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताएका छन् ।

आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताए । उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

सुन तस्करी प्रकरणलाई सरकारले सामान्य रुपमा लिएको उनले बताए । हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।‘यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ । हङकङ, चाइनालगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदै छ’, उनले भने, ‘त्यस कारणले यस विषयले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रिइरहेको छ । सीआईबीले समाधान दिँदैन । त्यो सम्भव नै छैन । त्यसकारणले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन ।’ सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै उनले प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७