प्रधानमन्त्री प्रचण्डसँग युरोपेली सघका राजदूतको भेट


२३ श्रावण २०८०, मंगलवार
PRO KTM 066A7823 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७