मन्त्रीहरूसँग प्रधानमन्त्रीको कार्य सम्पादन सम्झौता


२५ श्रावण २०८०, बिहीबार
minister

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन् । यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७