एमाले लाइनमा बाबुराम, भने, ‘भ्रष्टाचारका सबै मुद्दा उच्चस्तरीय समितिबाट छानविन गरौं’


२६ श्रावण २०८०, शुक्रबार
baburam

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको छानबिनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको बताएका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए ।

भट्टराईले भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उनले संरचनागत ढङ्गले नै जानुपर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरू उछाल्ने तर, आफ्ना कुराहरू लुकाउने काम गर्न नहुने बताए ।

‘अहिले प्रकान्तरले छानबिनका कुरा आएका हुन् । उहाँहरू निल्नु न ओकल्नुमा हुनुहुन्छ’, भट्टराईले अघि भने, ‘उहाँहरू नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु ।’ माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए ।

संसदमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठीक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७