दुई दिन बस्ने गरी प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवनमा


२६ श्रावण २०८०, शुक्रबार
Prachanda LV5wCz6w1V

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन् । आज (शुक्रबार) अपरान्ह उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत माओवादी केन्द्रका नेताहरूले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड दुई दिन चितवन बस्ने सुरक्षा स्रोतले जानकारी दिएको छ । ‘आइतबार फर्कने गरी उहाँ चितवन आउनु भएको हो,’ स्रोतले भन्यो, ‘केही निर्धारित कार्यक्रमहरूमा सहभागी हुन उहाँ चितवन आइपुग्नु भएको हो ।’

यसअघि चितवन–३ बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड यस पटक भने गोरखाबाट निर्वाचन लडेका थिए । चितवनमा प्रधानमन्त्री प्रचण्डले एकतले घर बनाएका छन् । उनी पछिल्लो समय सोही घरमा पुगेर बस्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७