जनमत पार्टीको नयाँ अभ्यास : स्थानीय जनप्रतिनिधिको मूल्याङ्कन गर्न मतदान


२७ श्रावण २०८०, शनिबार
janamat1691818809

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले काम गरे / नगरेको र जनता सन्तुष्ट छन् कि छैनन् भन्ने जान्न डा. सीक राउत नेतृत्वको जनमत पार्टीले एउटा नयाँ अभ्यास गरेको छ ।

आज (शनिबार) पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको मूल्यांकन गर्न ‘एप्रुभल रेटिङ’ का लागि मतदान भएको छ । पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांङ्कका लागि विहान ९ बजेदेखि मतदान सुरु भएको मतदान जारी रहेको पार्टीका सचिव वीपी साहले जानकारी दिए ।

janamat1

‘राइट टु रिकल’ को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांङ्कका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग गरेको हो । सचिव साहका अनुसार जनमत पार्टीका निर्वाचित स्थानीय निकायको २२ स्थानमा विहानदेखि मतदान भइरहेको छ भने वर्षाका कारण केही स्थानीय निकायमा मतदान प्रक्रिया ढिलो भएको छ ।

मतदान गराउन पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दावी विरोधका लागि दुई दिनको समय दिइएको सचिव साहले जानकारी दिए। २०८० बैशाख ३० गतेभन्दा अगाडि जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाउने छन् । स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्याङ्कन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको सचिव साहले दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७