प्रधानमन्त्री प्रचण्ड भदौं ३० मा अमेरिका जाँदै, असोज ५ गते उतैबाट चीन पुग्ने


३० श्रावण २०८०, मंगलवार
Prachanda pm interview 3 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौं ३० गते अमेरिका भ्रमणमा जाने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू अमेरिका भ्रमणमा जान लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि बताए ।

अमेरिका भ्रमण सकिएपछि उतैबाट प्रधानमन्त्री प्रचण्ड सिधै चीन जानेछन् । प्रधानमन्त्री प्रचण्डलले आफू अमेरिका भ्रमण सकेर उतैबाट असोज ४ मा चीनको बेइजिङ जाने जानकारी गराएका हुन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता हुने पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७