सशस्त्र प्रहरीका १२ जना एसएसपीमा बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)


३२ श्रावण २०८०, बिहीबार
apf office

काठमाडौं । सशस्त्र प्रहरीमा १२ एसपी एसएसपीमा बढुव सिफारिस भएका छन् । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले बिहीबार १२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा १ नम्बरमा राजेश उप्रेती, दोस्रोमा गंगाराम श्रेष्ठ, तेस्रोमा रविनराज कर्णजित,चौथोमा भरत खनियाँ र पांचौंमा नेत्रबहादुर कार्की छन् । बढुवा सिफारिस हुनेमा एसपीहरु रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

सिसम दुईका १९ जना ०७५ चैत्रमा डिएसपीबाट एसपीमा बढुवा भएका थिए । त्यसमध्ये अहिले १२ जना मात्र एसएसपीका लागि सिफारिस भएका हुन् । बढुवामा चार नम्बरका धुव्र कार्की, ८ नम्बरका विरसिंह साहु, ९ नम्बरका जनक पुरी, १२ नम्बरका यादव विश्वकर्मा, १४ नम्बरका टोपबहादुर खनाल, १६ नम्बरका अशोक बम र १९ नम्बरका वीरेन्द्रबहादुर ऐर छुटेका छन् ।

आर्थिक अनियमितताको आरोपमा पर्साबाट तानिएका तेजप्रसाद पोखरेल, रुपन्देहीमा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै फिर्ता बोलाइएका राजेश उप्रेती, सर्लाहीमा तास काण्डमा तानिएका गंगाराम श्रेष्ठ र ट्राफिक पिटेको आरोप लागेका सूर्य सेन भने शक्ति केन्द्रको आड्मा बढुवा भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७