मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु


२ भाद्र २०८०, शनिबार
current mobile
सांकेतिक तस्वीर

उदयपुर । चार्जमा राखेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका–७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ चौधरीले जानकारी दिए । भुजेल सत्यवती आधारभूत विद्यालय घ्याम्पेका कार्यालय सहयोगी रहेको प्रअ गोपी मिजारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७