सांसद शाहीको चेतावनी : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ


६ भाद्र २०८०, बुधबार
Gyanendra Shahi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ नगरेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने ? उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नु भयो भने सैह्य हुन्छ, होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ । पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको ? यसको जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७