मेयर बालेन्द्र शाहको रिट खारेज, तार काटिएकोबारे क्यानले कारवाही गर्न सक्ने


६ भाद्र २०८०, बुधबार
Balen 1

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ । महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार काटिदिएको थियो ।

उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए । तर, महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो । महानगर प्रमुख बालेन (बालेन्द्र) शाहले हालेको रिट खारेज भएसँगै महानगरले स्पष्टीकरण दिनुपर्ने भएको छ ।

यसअघि प्राधिकरणले महानगरलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । यसको जवाफ नपठाउने भन्दै महानगरले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन समयमा अदालतले माग दाबी बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश मात्र जारी गरेको थियो ।

यस्तै, अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि असार १२ गते बोलाएको थियो । बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ ।
अन्यथा उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

pp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७