सुन तस्करी प्रकरण : अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइयो


७ भाद्र २०८०, बिहीबार
jhalakram adhikar

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो । उनी त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७