परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा चर्कियो आन्दोलन


८ भाद्र २०८०, शुक्रबार
2023 08 24T105117Z 1700591532 RC23U2A2RIZ2 RTRMADP 3 JAPAN FUKUSHIMA SOUTHKOREA PROTEST 1200x8641692943066 1

काठमाडौं । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् ।

साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीबार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७