खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु संक्रमण, वीर अस्पतालमा भर्ना


१० भाद्र २०८०, आईतवार
dig bahadur limbu MbCJ5GaS7J

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु संक्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु संक्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

मन्त्री लिम्बूलाई भेट्न शनिवार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७