कलाकार हरिवंश आचार्य ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट सम्मानित


१२ भाद्र २०८०, मंगलवार

काठमाडौँ । कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान प्रदान गरेका हुन् । ‘महापुरुष’ चलचित्रबाट उत्कृष्ट अभिनेताकाा रूपमा हरिवंश सम्मानित भएका हुन् ।

यस्तै ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेत्रीमा दिया मास्के सम्मानित भएकी छिन् । त्यस्तै जुरी स्पेसल मेन्सनमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ उत्कृष्ट भएका छन् ।

कार्यक्रममा उत्कृष्ट निर्देशकमा ‘प्रकाश’ चलचित्रबाट दिनेश राउत, उत्कृष्ट छायांकन विधामा ‘लप्पनछप्पन–२’ बाट पुरुषोत्तम प्रधान, उत्कृष्ट सम्पादन‘’दोष’ बाट निमेष श्रेष्ठ, उत्कृष्ट पटकथा ‘चिसो मान्छे’ बाट दीपेन्द्र के खनाल र विशेष फिल्ममा ‘चिसो मान्छे’, ‘प्रसाद–२’ र बुलाकी छानिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७