बागमती नदी किनारमा पुरुषको शव भेटियो

हेटौँडा । मकवानपुरमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–१ करौजेस्थित बागमती नदीको किनारमा एक जना पुरुषको शव फेला परेको हो ।
नाम, थर, वतन नखुलेको करिब ३६–३७ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पुरुषको शव सडेर गलि सकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शव नदीले बगाई ल्याएको जस्तो देखिने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।